२० बैशाख २०८१, बिहिबार

नेपाली सेनाले मनाउने घोडेजात्रा पर्व स्थगित

प्रकाशित मिति :  24 March, 2020 1:06 pm


r}t @@ 3f]8r9L snf k|:t’t 3f]8]hfqf @)&%sf] cj;/df ;}lgs d~r 6’l8v]ndf g]kfnL ;]gfsf hjfgjf6 3f]8r9L snf k|:t’t ub}{ . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौं ।

नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा मनाउने घोडेजात्रा यो वर्ष स्थगित गरेको छ । चैत्र ११ गते आजको दिन मनाउने सेनाको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोनाभाइरसको जोखिमलाई मध्येनजर गरेर यस वर्ष स्थगित गरिएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको  छ ।

नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएतापनि कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई र सरकारले आजदेखि लागु हुने गरी गरेको लक डाउनलाई मध्येनजर गरि निर्णय बमोजिम समारोह स्थगित गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !