१२ श्रावण २०८१, शनिबार

चितवनमा मृत्यु भएका युवककाे शव आइसाेलेसनमा, काेराेना पुष्टी भइसकेकाे छैनः अस्पताल

प्रकाशित मिति :  24 March, 2020 1:22 pm


चितवन, ११ चैत । 

उपचारका क्रममा मृत्यु भएका एक युवककाे सव भरतपुरस्थित कोरोना विषेश अस्पतालमा अाइसाेलेसनमा राखिएकाे छ । उच्च र निमुनियाले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

बिरामी पहिलेदेखि नै लुमस नामकाे राेगका कारण मृगाैला कमजाेर रहेकाे र राेगकाे पहिचानका लागि  नमूना काठमाडाैं पठाइसकेकाे अस्पतालले जनाएकाे छ । अस्पतालले वक्तव्य जारी गर्दै मृतक सन्ताेष यादवकाे शरिर सुरक्षित साथ आइसाेलेशनमा राखिएकाे जनाएकाे छ । उनकाे मृत्यु काेराेना वा अन्य कारणले भएकाे भन्ने पुष्टी काठमाडाैंकाे रिपाेर्ट अाएपछि मात्र हुने भएकाे छ ।

अस्पतालकाे वक्तव्यः



प्रतिक्रिया दिनुहोस !