२४ बैशाख २०८१, सोमबार

इटलीमा कोरोनाले १ दिनमा ७४३ जनाको मृत्यु

प्रकाशित मिति :  25 March, 2020 7:51 am


काठमाडौं, १२ चैत्र । 

कोरोनाभाइरसका कारण इटलीमा मंगलबारमात्रै ७४३ जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार सोमबारभन्दा मंगलबार १४१ जना बढीको मृत्यु भएको छ । मूत्युको संख्या दिनै पछि बढ्दै गएको छ । इटलीमा कोरानोले अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ ।

शनिबार ७९३ जनाको मृत्यु भएको थियो भने आइतबार ६५१ जना, सोमबार ६०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इटलीमा अहिले विश्वमा संक्रमण फैलिनेमा सबै भन्दा बढी असर पुगेको छ।  संक्रमण रोक्नका लागि लामो समय लकडाउन गरिएको भए पनि महामारी नियन्त्रणमा आउन कठिन भएको छ ।



प्रतिक्रिया दिनुहोस !