१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीको सन्देश: ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्’

प्रकाशित मिति :  25 March, 2020 5:50 pm


काठमाडौं, १२ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न आम नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्काे सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’



प्रतिक्रिया दिनुहोस !