१२ श्रावण २०८१, शनिबार

कोरोना भाइरस : अमेरिकामा एकैदिन १० हजारजनामा संक्रमित

प्रकाशित मिति :  26 March, 2020 11:30 am


एजेन्सी, १३ चैत । अमेरिकामा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएको देखिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार एक दिनमा मात्रै १० हजार व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

अहिलेसम्म अमेरिकमा ६६ हजार १ सय ३२ जनामा संक्रमण देखिएको छ भने ९ सय ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य विज्ञहरुले अमेरिका इटलीजस्तै हुने चेतावनी दिएका छन् । अमेरीकी स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेको भन्दै चिन्ता जनाएका  छन् । कोरना प्रभावित मध्य आधाभन्दा धेरै न्यूयोर्क शहरमा छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण २१ हजार भन्दा बढीको मृत्यु भईसकेको छ र ४ लाख ७१ हजार संक्रमित बनेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउने इटलीका नागरिक छन् । नेपालमा ३ जनामा संक्रमण देखिएकोमा एक जना निको भएर फर्कीसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !