२३ बैशाख २०८१, आइतबार

स्पेनमा ४ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

प्रकाशित मिति :  27 March, 2020 6:39 am


बार्सिलोना । 

स्पेनमा ४ जना नेपालीलाई कोरोना संक्रमण भएको पृष्टि गरिएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका १ जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु पनि अस्पतालमा भर्ना भएका छन्

संक्रमित भएका ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेन संक्रमण फैलिएको देश मध्य चौंथोमा स्थानमा पर्दछ अहिले सम्म ५७ हजार ७ सय ८६जना संक्रमित भईसकेका छन् भने मुत्यु हुनेको संख्या ४ हजार ३ सय ६५ पुगेको छ

 



प्रतिक्रिया दिनुहोस !