प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाण्डौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।
मुटुमा असहज महशुस गरेपछि बिहीबार मध्यराती प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानाएका छन् । उनले भनेका छन्,‘मुटुको धडकन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मननमोहन सेन्टर महाराजगञ्जमा भर्ना गरिएको छ ।’
प्रधानमन्त्रीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको हो। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने प्रेस सल्लाहकार थापाले जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ प्रधानमन्त्री ज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’ प्रधानमन्त्री ओलीको
फागुन २१ गते दोश्रो पटक मिगौला प्रत्यारोपण गरिएको थियो।