१५ चैत्र २०८०, बिहिबार

एक्साइडको डिलर मिट, सर्वोत्कृष्ट डिलर सम्मानित

प्रकाशित मिति :  13 July, 2022 7:10 pm


काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा डिलरलाई स्वागत गर्दै कम्पनिका सिईओ राजन बाबु श्रेष्ठले भने, “हामि नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामिलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।”

देशकै अग्रणी ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !