१४ बैशाख २०८१, शुक्रबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा वडास्तरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु

प्रकाशित मिति :  7 August, 2022 7:05 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले वडास्तरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

सामाजिक सुरक्षा भत्ता सबै वडाबाट वितरण गर्ने गाउँपालिकाको निर्णय अनुसार वडा नं. ८ अरेशबाट गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

साउन १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले जेष्ठ नागरिक, एकल महिला तथा बालबालिकाहरूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता छिटो,छरितो र सहज बनाउन सबै वडावाट वितरण गर्न ग्लोबल आइ.एम.ई बैंक सुलिचौर शाखासँग समन्वय गरि वडा सचिव तथा वडाका पदाधिकारीहरूको रोहवरमा सबै वडाका टोलर वस्तीहरुबाट वितरण गर्ने निर्णय गरेको थियो ।

गाउँ कार्यपालिकाको बैठकलाई तत्कालै कार्यान्वयनमा लगिएको अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार वडा नं. ८ अरेशमा ५१४ जना मध्ये आज १७१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् ।

अध्यक्ष बुढाथोकीका अनुसार अरेशबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सुलिचौर बजार पुग्दा प्रतिव्यक्ति कम्तिमा २ हजार रुपैयाँसम्म खर्च लाग्ने गर्छ । अरेशमा मात्रै ५१४ जनाले बुझ्ने कुल रकम रु. ३५ लाख जति हुन्छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्न ५१४ जना सुलीचौर पुग्दा समग्रमा रु.८ देखि १० लाख खर्च लाग्छ ।

वडा तहमै भत्ता वितरण गर्दा अनावश्यक रुपमा हुने ठूलो रकम बचत भएको अध्यक्ष बुढाथोकीकाे भनाई छ । उनले भने,“गाउँ टोलमै भत्ता वितरण हुँदा स्थानीयको समय मात्रै बचत भएन सबै रकम गाउँमै पुग्ने भयो भने यसले जनप्रतिनिधि,कर्मचारी तथा बैंकलाई सक्रिय बनाउने भयो ।”



प्रतिक्रिया दिनुहोस !