१२ श्रावण २०८१, शनिबार

दाङमा कोरोना भाइरस संक्रमण नभेटिएपछि तीन जना अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  29 March, 2020 2:24 pm


दाङ, १६ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचाररत ३ जनामा कोरोना भाइरसको संक्रमण नभेटिएपछि डिस्चार्ज गरिएको छ ।

प्रतिष्ठानले आज विज्ञप्ति निकाल्दै उपचाररत तीन जना विरामीको नमुना संकलन पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाईएको र रिपोर्ट नेगेटिभ आएको जानकारी गराएको छ ।

कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ नेगेटिभ रिपोर्ट प्राप्त भएका विरामीहरुलाई आइसोलेशन वार्डबाट डिस्चार्ज गरि १४ दिन घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने सल्लाहसहित डिस्चार्ज गरियो ।’



प्रतिक्रिया दिनुहोस !