२५ श्रावण २०७९, बुधबार

रोल्पाबाट कोरोनाका संकास्पद एक बिरामीलाई थप उपचारका लागि दाङ पठाइयो

प्रकाशित मिति :  31 March, 2020 2:20 pm


एल.बी.मगर

रोल्पा, १८ चैत । रोल्पाबाट कोरोनाका संकास्पद एकजना विरामीलाई दाङ पठाइएको छ । गरिएको छ ।

रुन्टीढी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० जनामध्य एक जनालाई दाङ बेलझुण्डी कोरोना विशेष अस्पताल रिफर गरिएको हो । गाउँपालिकाका विभिन्न वडाहरुमा भारत र खाडी मुलुकबाट आएका ९ जना ब्यक्तिहरुलाई आइतबारदेखि होलेरी बजार नजिकै रहेको प्राथमिक स्वास्थ्यकेन्द्र्को निर्माणाधिन भवनमा क्वारेन्टाइनमा राखिएको छ ।

एक जना ब्यक्तिलाई थप उपचारका लागी दाङ स्थित बेलझुन्डि कोरोना अस्पतालमा पठाईएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको    छ । क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुलाइ कम्तिमा १४ दिन सम्म स्वास्थ्यकर्मीको निगरानीमा राखिने र केही समस्या आएमा आइसोलेशन कक्षमा राखेर उपचार गरिने स्वास्थ्य शाखाले बताएको छ ।

क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुलाई मापदण्ड अनुसारको बेडमा राखेर खानाको ब्यबस्था रेखदेख गाउँपालिकाले गर्दै आएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए । स्वास्थ्यसेवा बिभागले पठाएको कोरोना उपचार सम्बन्धि मेडिकल सामाग्री आज गाउँपालिकामा पुगेकाले स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा खट्न थप सहयोग पुगेको अध्यक्ष बुढाको भनाई छ ।

गाउँपालिकाले खरिद गरेर ल्याउने र प्रदेशले पठाउने मेडिकल सामाग्री बुधबार सम्ममा गाउँपालिकामा आइपुग्ने उनले जानकारी दिए । गाउँपालिकामा रहेको एउटा प्राथमिक स्वास्थ्यकेन्द्र , ५ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य संस्थाहरु बाट कोरोना भाइरस सचेतना तथा रोकथाम सम्बन्धि कार्य गर्दै आइरहेको गाउँपालिकाले बताएको छ । गाउँपापालिका भित्र फिल्डमा रहेका सबै स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र स्वास्थ्य जोखिम बाट बचाउन जनही ५ लाख रुपैयाका दरले जिबन बिमा गरिएको र फिल्डमा रहेका सुरक्षाकर्मीहरु लाई समेत विशेष भत्ता उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको जानकारी गाउँपालिकाले दिएको छ ।



प्रतिक्रिया दिनुहोस !