१२ श्रावण २०८१, शनिबार

दाङमा कोरोना भाइरसको आशंकामा भर्ना भएका ८ जना घर फर्किए, १० जना अझै आइसोलेशनमा

प्रकाशित मिति :  31 March, 2020 4:44 pm


दाङ, १८ चैत ।

दाङमा कोरोना भाइरसको आशंकामा आइसोलेशन भर्ना भएका मध्य ८ जना उपचारपछि घर फर्किएका छन् । दश जना अहिले पनि आइसोलेशनमा छन् ।

पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको छ । भर्ना भएकामध्ये छ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर पठाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ ।

‘दाङबाट पठाइएको स्वाबको सबै रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने,‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेशन अगावै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !