१४ बैशाख २०८१, शुक्रबार

दाङको राप्ती गाउँपालिकाले प्राविधिक उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने

प्रकाशित मिति :  12 November, 2022 3:26 pm


दाङ । दाङको राप्ती गाउँपालिकाले प्राविधिक उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ।

कार्यविधि निर्माण गरेर आर्थिक रूपमा विपन्न, दलित, मुक्त कमैया , द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रविधि,फार्मेसी,बिएसी. एजी.,वि भि एस्सी एण्ड ए. एच,विएसी. नर्सिङ, वि.इ.,वि.डि.एस.,वि.पि.एच. अध्ययनका लागि छात्रवृत्ति दिइने गाउँपालिकाको भनाइ छ ।

आर्थिक अभावमा गाउँपालिकाका कुनै पनि विद्यार्थीले प्राविधिक शिक्षा पढ्न वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो छात्रवृत्ति दिन थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !