८ पुस २०८२, मंगलबार

बागलुङ केन्द्रबिन्दु बनाएर २ घण्टामा ३ पटक भूकम्पको धक्का

प्रकाशित मिति :  28 December, 2022 8:04 am


बागलुङ । बागलुङमा भूकम्पको धक्का महसुस भएको छ । २ घण्टाभित्र भुकम्पको तीन ठूला धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !