८ बैशाख २०८१, शनिबार

भारतमा एकै दिनमा ६ सय ९३ जना कोरोना संक्रमित,राष्ट्रपतिदेखि सांसदसम्मको ३० प्रतिशत तलब कटौती

प्रकाशित मिति :  6 April, 2020 6:22 pm


एजेन्सी, २४ चैत ।

भरतमा एकै दिनमा ६ सय ६५ संक्रमित भेटिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ९३ जना भेटिएका हुन् ।

यो संगै भारतमा कुल संक्रमितको संख्या ४ हजार ६७ पुगेको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

संक्रमित मध्य ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिला रहेका छन् । अहिलेसम्म १ सय ९ जनाको मृत्यु भएको छ । जसमा ६३ प्रतिशत ६० बर्षभन्दा माथीका छन् ।

राष्ट्रपतिदेखि सांसदसम्मको तलब घटाईयो

भारतमा संक्रमण तिब्र भएसँगै प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौति गरिएको छ ।

भारतको मन्त्रीपरिषद् बैगठकले प्रधानमन्त्री नरेन्द्र मोदी सबै क्याबिनेट मन्त्री तथा राज्यमन्त्रीको तलबमा ३० प्रतिशत कटौति गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति उपराष्ट्रपति तथा राज्यपालले एक बर्षसम्म आफ्नो तलब ३० प्रतिशत कम लिने छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिले स्वेच्छिक घोषणा गरेका हुन् भने अन्यको हकमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

साथै दुई बर्षका लागि संसदले पाउने विकास कोषपनि स्थागित गरिएको छ । सबै रकम कोरोना विरुद्ध लड्न प्रयोग हुने भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !