१३ बैशाख २०८१, बिहिबार

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

प्रकाशित मिति :  8 January, 2023 10:47 am


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गर्ने भएको छ। तारा एयरलाइन्सको जहाजले आइतबार परीक्षण उडान गर्न लागेको हो।

आज बिहान ११ बजे काठमाडौंबाट दलका मुख्य नेताहरु सोही उडानमार्फत रेसुङ्गा विमानस्थलमा पुग्दैछन् । प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगाका मेयर खिलध्वज पन्थी, कांग्रेस नेता योगराज कंडेल काठमाण्डौबाट तारा एयरको सो विमानबाट विमानस्थल पुग्नेछन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आइतबार नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !