७ बैशाख २०८१, शुक्रबार

पृथ्वी जयन्तीमा नेपाली राजदुतावास र कूटनीतिक नियोग बन्द हुने

प्रकाशित मिति :  10 January, 2023 12:31 pm


काठमाडौं । सरकारमा सहभागी हुनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) ले गरेकाे पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग सरकारले सम्बोधन गरेको छ ।

यसअघि पुस २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि सरकारले आधिकारिक सुचना भने जारी गरेको थिएन ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिन गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणी पोखरेलले एक विज्ञप्ती जारी गरी बिदाको जानकारी दिएका हुन् ।

वि.स. २०७९ साल पुस २७ गते बुधवारका दिन पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषबाट निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !