२३ बैशाख २०८१, आइतबार

सुदूरपश्चिममा आज सभामुख चयनका लागि निर्वाचन हुँदै

प्रकाशित मिति :  12 January, 2023 9:09 am


काठमाडौं । सभामुख चयनका लागि आज सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुँदैछ । आज दिउँसो १ बजे सभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

बुधबार निर्वाचन तालिका अनुसार मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो । निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।

अन्तिम समय सम्म पनि उम्मेदवारी फिर्ता नभएपछि आज यी दुईबीच चुनाव हुन लागेको हो । माओवादी केन्द्रका भण्डारीलाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने कांग्रेसका रावललाई कांग्रेस सहित नेकपा एकीकृत समाजवादीको साथ छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४,राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस !