१३ बैशाख २०८१, बिहिबार

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट

प्रकाशित मिति :  17 January, 2023 3:23 pm


काठमाडौँ । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गर्दै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा छुट अफर सार्वजनिक गरेको छ ।

छुट अफर अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बीग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !