अर्घाखाँचीमा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव सुरु
अनिल नेपाली
काठमाडाैँ । अर्घाखाँची महोत्सवले साँस्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउन सहयोग पुर्याउने पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बताए ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ बुधबार देखि सुरु भएको पाँचौ अर्घाखाँची महोत्सवको उद्धघाटन गर्दै रायमाझीले मुलुकको राजनीतिक क्रान्ति सम्पन्न भई मुलुक आर्थिक विकास र समृद्धिको युगमा प्रबेश गरेको बताउदैँ बिकास र समृद्धिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी ,प्रदेश सदस्य रामजी प्रसाद घिमिरे, उधोग बाणिज्य संघका केन्द्रीय सदस्य जम्सेर मिया, लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, चेम्बर अफ कर्मशका प्रदेशका अध्यक्ष शुक्रराज बेल्वासे, पत्रकार महासंंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न जातजातिका भेषभूषा र बाजागाजा समेत प्रस्तुत गरिएको थियो ।








