१४ बैशाख २०८१, शुक्रबार

आज वसन्तपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

प्रकाशित मिति :  26 January, 2023 7:51 am


काठमाडौं । आज माघ शुक्ल पंञ्चमी देशभरका मन्दिर अनि विद्यालयमा विद्याकी देवी माता सरस्वतिको पूजा आराधाना गरी मनाइँदै छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी सेतो पहिरनमा सजिएकी हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता रूपमा पूजा गर्ने गरिन्छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजको दिनदेखि जाडो विस्तारै कम हुँदै जाने धार्मिक विश्वास पनि रहँदै आएको छ ।

आजको दिन साना साना नानीबाबुहरूका लागि अक्षर प्रारम्भ गर्ने शुभ दिनका रूपमा पनि मनाइने गरिन्छ । आजका दिनमा अक्षर प्रारम्भ गर्नाले माता सरस्वती प्रशन्न भइ राम्रो ज्ञान प्रदान गर्ने जन विश्वास रही आएको छ ।

आज काठमाडौंको नीलबाराही, स्वयम्भू, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस !