२ माघ २०८२, शुक्रबार

भारतीय राजदूतावासमा ७४ औं गणतन्त्र दिवस मनाइयो

प्रकाशित मिति :  26 January, 2023 5:37 pm


काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ। बिहिबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।

दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थालाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ। भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।



प्रतिक्रिया दिनुहोस !