१३ बैशाख २०८१, बिहिबार

रोल्पामा वडाले तोक्यो स्थानीय उत्पादन र श्रमको मूल्य,१ धार्नी जाँडको रू.१ सय,कटुवालको प्रतिघर रू.१ सय

प्रकाशित मिति :  2 February, 2023 11:19 am


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ ले स्थानीय उत्पादनको मूल्य तोकेको छ ।

अन्य स्थानीय उत्पादनसँगै वडाले मदिराको पनि गाउँपालिकाले मूल्य निर्धारण गरेको हो । वडाले जाँड १ धार्नीको १ सय रुपैयाँ तोकिएको छ भने रक्सीको १ वोतलको १ सय नै तय गरिएको छ ।

त्यस्तै खस्रे १ मानाको ७० रुपैयाँ तय गरिएको वडाले जनाएको छ । गाउँपालिकाले कटुवालको समेत ज्याला तोकेको छ ।

वडाका अनुसार कटुवालले १ घरबाट वार्षिक १ सय रुपैयाँ उठाउन पाउने वडा अध्यक्ष उड्वीर घर्तीले निकालेको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !