१२ श्रावण २०८१, शनिबार

कपिलवस्तु क्वारेन्टाइनमा रहेका २ सय ५७ जनाको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  14 April, 2020 7:46 am


कपिलवस्तु, २ वैशाख ।

कपिलवस्तुमा क्वारेन्टाइन बसेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालका अनुसार आडीटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म आरडीटी टेष्ट गरिएका २ सय ५७ जनकै रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार कृष्णनगर नगरपालिकामा ३४ जना, विजयनगर गाँउपालिकामा १ सय १३ जना, शिवराज नगरपालिकामा १६ जना, वडगंगा नगरपालिकामा ४ जना, कपिलवस्तु नगरपालिकामा१२ जना, यशोधरा गाँउपालिकामा ३ जना, मायादेवी गाँउपालिकामा ३५ जना, शद्धोधन गाँउपालिकामा ४० जनाको परीक्षण गरिसकिएको छ ।

जिल्लामा ३ सय ९७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रयोगशालामा पठाईएको एउटा रिपोर्ट पनि नेगेटिभ आएको छ ।



प्रतिक्रिया दिनुहोस !