२३ बैशाख २०८१, आइतबार

भारतीय प्रम माेदीकाे सम्बाेधनः ३ मे सम्म लकडाउन, सफल नियन्त्रक राज्यमा २० अप्रिलदेखि ससर्त छुट

प्रकाशित मिति :  14 April, 2020 10:42 am


काठमाडाैं, २  वैशाख । 

भारतले मे ३ अर्थात बैशाख २१ गतेसम्म लकडाउन लम्ब्याउने घोषणा गरेको छ ।

कोरोना संक्रमण तिब्र फैलन थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा सम्बोधन गर्दै मे ३ सम्म लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् ।

मोदीले लकडाउन घोषणा गर्दै कोरोना विरुद्धको लडाईमा आउँदा हप्ता नियम थप कडा हुने जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अबकाे एक साता काेराेना विरूद्ध लडाइकाे अग्निपरिक्षा हुने बताएका छन् । राष्ट्रकाे नाममा सम्बाेधन गर्दै एकसातामा नयाँ ‘हट स्पट’ फेला नपरेका र नियन्त्रणमा अब्बल राज्यमाा लकडाउन विस्तारै खुकुलाे पार्ने घाेषणा गरेका हुन् ।

मोदीले बृद्धबृद्धाको ध्यान दिन, लकडाउनको पूर्ण पालना गर्न,मास्कको प्रयोग गर्न, रोग प्रतिरोधी क्षमता विस्तारका लागि सरकारी निर्देशन पालना गर्न गरिबको रोखदेख गर्न, जागिरबाट ननिकाल्न र कोरोना विरुद्धको युद्धलाई सम्मान गर्न लगायतका आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली आउँदो एक हप्ता कोरोन विरुद्धको लडाई थप काठोर र धेरै हुने उल्लेख गरेका छन् ।

उनले लकडाउनको पूर्ण पालना गरे नगरेको मुल्याङ्कन हुने भन्दै धेरै कुराको विचार गरेर अफ्रिल २० पछि सशर्त छुट दिन सक्ने सकिने बताएका छन् ।

‘नयाँ हट स्पटले नयाँ संकट जन्माउछ, आउदो एक सातामा कोरोना विरुद्धको लडाइमा थप कडाइ हुन्छ,’माेदिले भने, ‘२० अप्रिलसम्म हरेक राज्य बढी ध्यान दिइनेछ , लकडाउनको पालना कति भएको छ, कोरोनाबाट बाट कसरी सुरक्षित बनाएको छ हेरिन्छ ।” २० अप्रिलदेखि केही राज्यमा ससर्त खुला गर्ने उनले बताए ।

प्रधानमन्त्री मोदीले आर्थिक दृष्टिकोणले महंगो भएपनि भारतवासीको जिन्दगीको अगाडी अरु कुनै कुराको तुलना हुन सक्ने जिकिर गरेका   छन् ।

भारतमा अहिलेसम्म ९ हजार २७ संक्रमित भेटिएका छन् भने ३ सय २४ जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म विश्वभर १ लाख १८ हजारको ज्यान गईसकेको छ भने संख्यमितको संख्या १९ लाख पार गरेको छ । अमेरीकामा सबैभन्दा धेरै २२ हजारको मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !