७ चैत्र २०८२, शनिबार

मेयर बालेन भन्छन्: आजबाट सिंहदरबारको फोहोर उठ्दैन

प्रकाशित मिति :  8 April, 2023 10:11 am


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।

मेयर शाहले फोहोर नउठाइने स्पष्ट कारण भने उल्लेख गरेका छैनन्, नेताहरूलाई दोषारोपण गर्दै फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

दुई दिन अघि सांसद राजेन्द्र प्रसाद पाण्डेले बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको, चीलले डम्पीङ्ग साइटबाट फोहोर र मासुका टुक्रा बोकेर हिडिरहेको भन्दै सांसदमा आवाज उठाएका थिए ।

मापदण्ड पालना नगरी जथाभावीरुपमा फोहोर विसर्जन भएको भनी सांसद पाण्डेले आवाज उठाएको दुई दिनमा देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने मेयर शाहको भनाई केवल संयोग मात्र हो वा घुमाउराे जवाफ ।



प्रतिक्रिया दिनुहोस !