१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमितको व्यक्तिगत बिवरण सार्वजनिक नगरिदिन सञ्चार माध्यमलाई सरकारको आग्रह

प्रकाशित मिति :  15 April, 2020 5:09 pm


काठमाडौं, ३ बैशाख ।

सरकारले कोरोना संक्रमित व्यक्तिहरुको बिवरण सार्वजनिक नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ ।

विभिन्न सञ्चारमाध्यामहरुका कोडिभ -१९ का संक्रमितहरुको नामसहितको विस्तृत व्यक्तिगत बिवरणहरु प्रशारण प्रकाशनमा आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्याकर्षण भएको जनाएको हो ।

मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने,‘विभिन्न सञ्चार माध्यामहरुका कोभिड-१९ संक्रमितहरुको नामसहितको विस्तृत व्यक्तिगत बिवरणहरु प्रकाशनमा आएको सम्बन्धमा ध्याकर्षन भएको छ ।

विरामीको यससम्बन्धिको बिवरण निजको अनुमति वेगर प्रकाशन प्रशारण गर्न नपाईने भएको हुनाले यसो नगरिदिनुहुन मन्त्रालयको तर्फबाट आग्रह गदर्छु ।’

जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने बिवरणहरु मन्त्रालयले सार्वजनिक गरिरहेको समेत स्मरण गराएको छ ।



प्रतिक्रिया दिनुहोस !