२४ माघ २०८२, शनिबार

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति :  11 June, 2023 8:02 am


काठमाडौँ । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जीप दुर्घटना भएको हाे ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार मृत्यु हुनेमा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं- ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको हो ।

जिप सडकबाट १५० मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रिमालले जनाए ।



प्रतिक्रिया दिनुहोस !