अपडेट : प्युठान जिप दुर्घटनामा ८ जनाको मृत्यु
प्रकाशित मिति : 12 June, 2023 6:29 pm
काठमाडौँ । प्युठानमा भएको जिप दुर्घटनामा ८ जना यात्रुको मृत्यु भएको छ।
स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ४ जना बालबालिकासहित २ जना महिला र २ जना पुरुषको मृत्यु भएको हाे ।
मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरी कार्यालयले जनाएको छ ।








