२४ माघ २०८२, शनिबार

सोमबार ३ हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

प्रकाशित मिति :  13 June, 2023 8:02 am


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् ।

सोही दिन लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका छन् ।

त्यस्तै खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४ सय १ जना र अन्य २ हजार ३ सय ४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !