२२ बैशाख २०८१, शनिबार

अज देशभर पानी पर्ने, मधेश र लुम्बिनीका तराइ क्षेत्रमा हावाहुरीकाे सम्भावना

प्रकाशित मिति :  14 July, 2023 8:06 am


काठमाडाैँ। शुक्रबार देशभरी नै पानी पर्ने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार कोशी,  बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा बिहानदेखि मध्यम वर्षा भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको छ।

शुक्रबार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। “सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,” विभागकाे माैसम बुलेटिनमा भनिएकाे छ, “कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।”

 मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेकाले सचेत रहन विभागले अनुराेध गरेकाे छ। शुक्रबार राती देशभर गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ। 

रातमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  



प्रतिक्रिया दिनुहोस !