२६ बैशाख २०८१, बुधबार

एकै दिन ११ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

प्रकाशित मिति :  21 April, 2020 7:52 pm


काठमाडाैं, ९ वैशाख । 

नेपालमा कोरोना संक्रमितिको संख्या ४२ पुगेको छ । उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उदयपुरको भुल्केमा ११ जनामा कोरोन संक्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले दिउँसो नियमित पत्रकार सम्मेलनमा १ जनामा संक्रमण भएको पुष्टि गरेको थियो भने थप विवरण विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

यसअघि संक्रमित १२ जनाको सम्पर्कमा रहेका व्यक्तिमा पनि कोरोनाको पुष्टि भएको हो ।

संक्रमित भएका मध्य १८,१८,२०,३३,४०,४१,४१,५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षिया महिला र उमेर नखुलेको एक महिला गरि ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ,‘ हालसम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड—१९ पुष्टि भउको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर फर्कीसकेका छन् ।

 

मन्त्रालयकाे विज्ञप्तिः

सम्बन्धित समाचारः

थप एकजना कोरोना संक्रमित भेटिए,संक्रमित संख्या ३२ पुग्यो

 



प्रतिक्रिया दिनुहोस !