७ जेष्ठ २०८१, सोमबार

शुकवारकाे माैसमः थाेरै स्थानमा मेघ गर्जनसहित वर्षा

प्रकाशित मिति :  21 July, 2023 10:40 am


काठमाडाैँ। शुक्रवार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।  

गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागकाे बुटेलिनमा उल्लेख छ । “हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध,” बुलेटिनमा उल्लेख छ । 

आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे छः http://www.mfd.gov.np/content/?id=5186



प्रतिक्रिया दिनुहोस !