२२ बैशाख २०८१, शनिबार

मकवानपुरदेखि वर्दियासम्म भारी वर्षा, राजमार्ग अवरूद्ध हुने सक्ने, सतर्कता अपनाउन अनुराेध

प्रकाशित मिति :  25 July, 2023 8:45 am


काठमाडाैँ। विहानैदेखि भारी वर्षा परिरहेकाले राजमार्ग क्षेत्र अवरूद्ध हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे बाढी पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।

पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बर्दिया, कैलाली आसपास भारी बर्षा मापन गरिएकाे हाे।

उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, राजमार्ग अवरूद्द हुन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुराेध गरिएकाे हाे।



प्रतिक्रिया दिनुहोस !