२३ बैशाख २०८१, आइतबार

कांग्रेस पदाधिकारी वैठक पुनः वस्दै, केन्द्रीय समिति वैठक आजै समापन हुने

प्रकाशित मिति :  26 July, 2023 8:19 am


काठमाडाैँ । नाै दिनअघि सुरू भएकाे नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठककाे बिहीबार समापन हुने भएकाे छ । साउन २ गतेदेखि काठमाडौंमा सुरु भएको वैठक आज निर्णयमा पुग्ने भएकाे हाे।

वैठकमा महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाले पार्टीको एक वर्षे कार्ययोजनामा केन्द्रीत भएर छलफल भइरहकेा छन्। यसबिच प्राप्त केन्द्रीय सदस्यहरुको सुझावको आधारमा आजको बैठकमा महामन्त्रीले संशोधित कार्ययोजना पनि पेस गर्ने भएका छन्।

विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुनेछ । केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई अन्तिम टुंगो लगाउन आज बिहान ११ बजे पुनः पदाधिकारीको बैठक बस्दैछ।

वैठकले गरेकाे निर्णय अनुसार केन्द्रीय समिति वैठककाे निर्णय आज बेलुकासम्म सार्वजनिक गरिने नेपाली कांग्रेसले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !