२१ बैशाख २०८१, शुक्रबार

आमाको मुख हेर्ने दिन : टेलिकमको प्याक यसरी लिनुस्, मनभरी कुरा गर्नुस्

प्रकाशित मिति :  23 April, 2020 10:24 am


काठमाडौं, ११ वैशाख ।

नेपाल टेलिकमले आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औसीको अवसरमा विशेष अफर उपलब्ध गराएको छ ।

कम्पनीले २० रुपैयाँमा एक घण्टा सम्म कुरा गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने सुविधा उपलब्ध गराएको बताएको छ ।

लकडाउनको अवस्थामा घरमा आमालाई भेट्न नपाएका सेवाग्राहीका लागि विशेष रुपमा ध्यान केन्द्रीत गरी ल्याइएको सो अफरबाट एक घण्टा सम्म भिडियो कल गरेर आमासँग कुराकानी गर्न सकिन्छ ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले पनि यो प्याकलाई विशेष रुपमा प्रयोग गर्न सकिन्छ ।

कल गर्दा र एसएमएस गर्दा भने नेपाल टेलिकमको नेटवर्क भित्रका नम्बरमा मात्र गर्न सकिने छ ।

यो सुविधा लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*१# डायल गर्नुपर्छ । त्यसपछि सो प्याक एक्टिभ गरी आफूले रोजे अनुसारको सुविधा प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले सो अफर पहिले देखि नै उपलब्ध गराइरहेको भए पनि आज आमाको मुख हेर्ने दिनमा सो प्याकलाई विशेष रुपमा प्रयोगमा ल्याउन उपयुक्त भएको हो ।

सो प्याकलाई आमा वाहेक अन्य नातेदार वा साथीभाईसँग कुराकानी गर्न वा एसएमएस पठाउनका लागि समेत प्रयोग गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !