२२ बैशाख २०८१, शनिबार

लम्पी स्किन नियन्त्रण कार्ययोजना लागू गर्न ६५ करोड लाग्ने, कृषि मन्त्रालयसँग पैसा नभएकाे सचिव खरालकाे स्पष्टाेक्ती

प्रकाशित मिति :  18 August, 2023 7:30 am


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले पूर्व कार्ययोजना बनाएको बताएका छन्। 

बिहीवार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समितिमा पशु सचिव खरालले पशुुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि कार्ययोजना बनाएर सरकारको केन्द्रिय अनुगमन तथा मुल्याङ्कन समितिमा पेस गरिसकेको जानकारी दिए।

कार्ययोजनमा रोग नियन्त्रणका लागि पूर्वतयारी, खोप अभियान सञ्चालन र देशभित्रै खोप उत्पादनका विषय समेटिएको बताए । 

खरालले भदौसम्म पूर्व तयारीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने र माघसम्म पूर्ण खोप अभियान सञ्चालन गर्ने सोच रहेको बताए। उनले कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए। 

उनले भने, “हामीसँग खोप प्रयोगशाला छ । त्यसबाट उत्पादन गर्ने योजना छ । तर, वैदेशिक सहयोगमा पनि भर पर्र्नुपर्ने भएकाले त्यताबाट प्राप्त भएको आधारमा शुरु हुन्छ ।”

लम्पी स्किन रोग नियन्त्रणका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको गुनासाे खरालकाे छ । कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने गरिएकाे र याे रकम नेपाल सरकारबाट प्राप्त हुनु पर्ने उनकाे भनाइ छ। यो आर्थिक वर्षको बजेट प्रयाप्त नभएकाे जानकारी गराए । 

सरकारले राहतको सशक्त माध्यम पशुधन बीमा भए पनि यो प्रभावकारी नभएको स्वीकार गरे । सचिव खरालले पशुधन बीमाबाट किसानले लाभ लिन नसकेको भन्दै यसको नियमन गर्ने निकाय बीमा प्राधिकरण भएको जानकारी गराए।



प्रतिक्रिया दिनुहोस !