२० बैशाख २०८१, बिहिबार

घरमै बसेर रमजान मनाउन मुस्लिम आयाेगका अध्यक्षकाे आव्हान (भिडियाे सहित)

प्रकाशित मिति :  24 April, 2020 4:46 pm


** मन्त्रालयकाे पत्रकार सम्मेलन । भिडियाेकाे १० मिनेट २२ औं मिनेटपछिअध्यक्ष अन्सारीकाे आव्हान हेर्न, सुन्न सकिन्छ ।

काठमाडाैं, १२ वैशाख ।

मुस्लिम आयाेगका अध्यक्ष समीम मिया अन्सारीले शनिबारदेखि सुरू हुँदै गरेकाे मुसलमान धर्मालम्वीको ठूलाे पर्व रमजानका अवसरमा घरघरमा बसेर रमजान मनाउन आव्हान गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष  अन्सारीले मस्जिदमा नवाज नपढेर घरमै पढ्न र रमजानकाे विशेष नवाज पनि घरमै पढ्न आव्हान गरेका हुन् । काेराेना भाइरस कुनै जातलाइ लक्षित गरेर नआएकाे भन्दै अध्यक्ष अन्सारीले मस्जिदमा भेला नहुन अनुराेध गरेका छन् । छरछिमेकमा पनि नगइ आफ्नै घरमा बसेर गर्न आव्हान गरेका हुन्  ।

मस्जिद, मदरसामा काेही फसेकाे भए प्रशासन र स्थानीय सरकारकाे सम्पर्कमा गएर सरकारलाइ सहयाेग गर्न उनले पुनः आग्रह गरे । जमातीहरूमा संक्रमण फेला परेकाले थप संयम रहन समुदायलाइ आव्हान गरेका छन् ।

काठमाडाैंकाे सबै मस्जिदमा स्वास्थ मन्त्रालयकाे सहयाेगमा टेस्ट गरिएकाे र अवस्था सामान्य रहेकाे उनले जानकारी गराए । देशभर यसै अनुरूप सरकारसँग समन्वय गरेर मुस्लीम समुदायले काेराेना नियन्त्रणमा सहयाेग गरिरहेकाे अध्यक्ष अन्सारीले बताए ।



प्रतिक्रिया दिनुहोस !