१२ श्रावण २०८१, शनिबार

कपिलवस्तुमा ८ सय ६५ र बाँकेमा ५ सय ७३ जनाको कोरोना परीक्षण

प्रकाशित मिति :  24 April, 2020 6:32 pm


रुपन्देही, १२ वैशाख ।

कपिलवस्तुमा अहिलेसम्म ८ सय ६५ जनाको कोरोना परीक्षण भएको छ ।

८ सय ६३ जनाको आरडीटी विधिबाट र २ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

अहिलेसम्म कृष्णनगर नगरपालिकामा ६१ जना विजयनगर नगरपालिकामा २ सय जना शिवराज नगरपालिकामा ५३ जनाको नमुना परीक्षण भएको छ ।

त्यस्तै बुद्दभूमी नगरपालिकामा ४१ जना, वाडगंगा नगरपालिकामामा ३८ जना, कपिलवस्तु नगरपालिकामा ३९ जना यशोधरा गाँउपालिकामा ६६, मायादेवी गाँउपालिकामा १०० जना र शुद्दोधन गाँउपालिकामा ६४ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै बाँकेमा ५ सय ७३ जनाको परीक्षण भएको छ । अहिलेसम्म आरडीटी र पीसीआर गरि ५ सय ७३ जनाको परीक्षण भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ९ जनाको पीसीआर रिपोर्ट भने आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !