५ जेष्ठ २०८१, शनिबार

रसुवामा मिनीट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

प्रकाशित मिति :  10 October, 2023 10:17 am


काठमाडौँ । रसुवामा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । आमाछोरिङ्मो गाउँपालिका-२ नेसिङ खोलामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

आमाछोरिङ्मो नेसिङबाट आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन्।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। तीमध्ये १ जनाको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ । ४ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !