५ जेष्ठ २०८१, शनिबार

आज सुदूरपश्चिम विश्वविद्यालयमा शोक बिदा

प्रकाशित मिति :  10 October, 2023 10:42 am


काठमाडौँ । आज सुदूरपश्चिम विश्वविद्यालयले शोक बिदा दिएको छ । इजरायलममा प्याल्स्टाइनीको आक्रमणमा परेर मृत्यु भएका विद्यार्थीहरुको शोकमा आज शोक बिदा दिएको हो ।

इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण एग्रिकल्चर पढ्न गएका १० जना विद्यार्थीको निधन भएको छ । उनीहरु दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँको फार्ममा कार्यरत थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोकको घोषण गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थिति नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !