५ जेष्ठ २०८१, शनिबार

गोकर्णेश्वर नगरपालिकामा गोली चल्दा एक जना घाइते

प्रकाशित मिति :  12 October, 2023 3:00 pm


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् ।

गोकर्णेश्वर नगरपालिका– २ स्थित जगडोलमा लुटेराहरुलाई नियन्त्रणमा लिन गोली चलाउँदा १ जना घाइते भएको अपराध अनसन्धान कार्यालयका प्रवत्ता रविन्द्र रेग्मीले बताए ।

लुटेरा समूहले हतियार निकालेर प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटेराको साथबाट एउटा पेस्तोलसहित ७ राउण्ड गोली बरामद भएको छ ।

उनका अनुसार गोली लागेर लुटेरा समूहको २५ वर्षीय अमर घलान घाइते भएका छन् । घाइतेको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !