१७ बैशाख २०८१, सोमबार

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु दुर्घटना, पाइलट सुरक्षित

प्रकाशित मिति :  14 October, 2023 8:54 am


काठमाडौँ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ ।

बुधबार बिहान ७ः१३ मिनेटमा रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ मात्रै रहेको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिएका छन् । पाइलट सुरक्षित रहेको र उनको उद्धार गरी काठमाडौँ ल्याउने प्रयास भइरहेको न्यापानेले जानकारी दिएका छन् ।

हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो।’



प्रतिक्रिया दिनुहोस !