८ पुस २०८२, मंगलबार

लुम्बिनीमा बढी सामान आयात-निर्यात भैरहवाबाट,नेपालगञ्ज भन्सारको हिस्सा ४.२९ प्रतिशत

प्रकाशित मिति :  1 November, 2023 12:49 pm


काठमाडौँ । भैरहवा भन्सारबाट चालु आर्थिक वर्षमा ६५ अर्ब भन्दा बढीको बस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्याङ् अनुसार भैरहवा भन्सारबाट चालु आर्थिक वर्षको ३ महिनामा ६५ अर्ब ८५ करोड ४४ लाख ५ हजार २ सयको सामान भित्रिएको हो ।

यो तीन महिनाभित्र भित्रिएको कुल आयातको १६.१५ प्रतिशत हो ।

यस्तै निर्यातमा भैरहवा भन्साले ८ दशमलव १५ प्रतिशत हिस्सा ओगटेको छ ।

विभागको तथ्याङ्क अनुसार ३ अर्ब ३३ करोड २२ लाख ६ हजार ७ सय को सामाना निर्यात भएको छ ।

लुम्बिनी प्रदेशमा रहेको अर्को महत्वपूर्ण भन्सार नेपालगञ्जबाट १७ अर्ब ४८ करोड ९५ लाख ८ हजार ५ सय रुपैयाँको आयात भएको छ ।

यो कुल आयातको ४.२९ प्रतिशत हिस्सा हो । यस्तै नेपालगञ्ज भन्सारबाट ४४ करोड १७ लाख ९६ हजार रुपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको १.०८ प्रतिशत हो ।

कृष्णनगर भन्सार कार्यालयबाट ५ अर्ब ३२ करोड ३८ लाख २१ हजार रुपैयाँको वस्तु आयात भएको छ यो चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भएको कुल आयातको १.३१ प्रतिशत हो ।

यस्तै कृष्णनगर भन्सारबाट ५२ करोड ६७ लाख ६७ हजार रुपैयाँको निर्यात भएको यो । यो कुल निर्यातको १.२९ प्रतिशत हो । गौतमबुद्ध विमानस्थलबाट भने ७ लाख ६७ हजार रुपैयाँको वस्तु आयात भएको देखिन्छ भने निर्यात शून्य छ ।

सञ्चालनमा आएको डेढवर्ष हुँदा पनि नियमित उडान नहुँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुनसान जस्तै छ ।



प्रतिक्रिया दिनुहोस !