२३ बैशाख २०८१, आइतबार

नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, मृतक २ जनाकाे पहिचान खुल्न बाँकी

प्रकाशित मिति :  12 November, 2023 2:34 pm


कावासोती । नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा दुर्घटना भएको हो ।

नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृतक तीन महिला तीन पुरुष रहेका छन् ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ भने घाइतेलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बौदीकाली गाउँपालिका वडा नम्बर ६ का जिप चालक २९ वर्षीय छन बहादुर आले, ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका–४ का १२ वर्षीया करिश्मा ठाडा रहेका छन् ।

२ जनाको पहिचान हुन सकेको छैन । मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !