३ पुस २०८२, बिहिबार

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

प्रकाशित मिति :  17 November, 2023 12:01 pm


काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा ५ ओटा रिट पुगेको स्रोतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा रिट दायर गरेका हुन्।

सरकारले सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै गत सोमबारदेखि नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

उता टिकटकले पनि समस्या भए समाधान गर्न तयार रहेको बताउँदै प्रतिबन्ध गर्ने निर्णय ठीक नभएको जवाफ दिएको छ।



प्रतिक्रिया दिनुहोस !