१७ बैशाख २०८१, सोमबार

भूकम्प प्रभावित परिवारको आवास निर्माणको लागि रकम निकासा

प्रकाशित मिति :  20 November, 2023 5:19 pm


काठमाडौं । सरकारले भूकम्प प्रभावित परिवारको आवास निर्माणको लागि रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।

प्राधिकरणका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै (सोमबार) निकासा भएको हो ।

प्राधिकरणले जाजरकोट र पश्चिम रुकुमका लागि ५० ५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो । प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ ।

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भुकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !