६ जेष्ठ २०८१, आइतबार

राेल्पाः त्रिवेणी गाउँपालिका प्रकाेप व्यवस्थापन काेषमा हुरेककाे सहयाेग

प्रकाशित मिति :  29 April, 2020 5:00 pm


राेल्पा, १७ वैशाख । 

राेल्पाकाे त्रिवेणी गाउँपालिकाले स्थापना गरेकाे त्रिवेणी गाउँपालिका प्रकोप व्यवस्थापन कोषका लागि मानव अधिकार सचेतन केन्द्र (हुरेक) ले ४५ हजार रूपैया प्रदान गरेकाे छ ।

लकडाउनमा क्वारेन्टाइन व्यवस्थापन तथा राहत सञ्चालनाका लागि सहयाेग प्राप्त भएकाे गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले बताए ।

बुधबार हुरेककाे तर्फबाट धरेन्द्र डाँगीले अध्यक्ष वली र उपाध्यक्ष सविता बुढा लगायतको उपस्थितिमा सहयाेग हस्तान्तरण गरेकाे हाे । हुरेक राेल्पामा द्वन्द्वकाल सुरू भएदेखि मानव अधिकार, सामाजिक न्याय र विकासकाे लागि काम गरिरहेकाे संस्था हाे ।



प्रतिक्रिया दिनुहोस !