६ जेष्ठ २०८१, आइतबार

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

प्रकाशित मिति :  27 November, 2023 8:54 am


काठमाडौँ । आज गुरु नानकको जन्मजयन्ती मनाइँदैछ। शिख सम्प्रदायका प्रवर्तक गुरुगुरु नानकको जन्म वि.सं.१५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।

गुरु नानक​ले जातिवादअन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् गरेको बताइन्छ। उनले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावअन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले विना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए।

कार्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइन्छ। भारतको पंजाव, हरियाना, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साहका साथ गुरु नानकको जन्मजयन्ती मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस !