२३ बैशाख २०८१, आइतबार

कञ्चनपुरमा बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति :  11 January, 2024 8:48 am


कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा १४ पलियामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा ३ वर्षीय कार्तिक कुँवरको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भिर घाईते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर पुर्याएको थियो । अस्पलात पुर्याउन साथ उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बस चालक भीमदत्त-१८ भाँसीका ६१ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !